१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

फाइनलमा बाणगंगा वेलफेयर र उदय क्लव भिड्ने



जितपुर (कपिलवस्तु), १६ भदौ ।
कपिलवस्तुको बाणगंगामा रहेको बुद्धरगंशालामा दोस्रो जिल्ला स्तरीय सेभेन ए साइड नकआउट रनीङ कप फुटवल प्रतियोगितामा सेमिफाइनलका खेल सकिएका छन । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा बाणगंगा वेलफेयर सोसाइटीले जनप्रिय युवा क्लवलाई ४—० ले हराएको छ ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भएको उतm खेलकुद प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुद्ध स्र्पोट्स क्लव बनकट्टीलाई हराउदै उदय युवा क्लव ३—२ ले बिजयी भएको थियो । दोस्रो सेमिफाइनल खेल बाणगंगा वेलफेयर सोसाइटी निलो र जनप्रेमी युवा क्लव पिपराबिच हुने आयोजक क्लवका सदस्य गणेश ढुङगानाले जानकारी दिनुभएको छ ।

फाइनल खेल १७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार र मेडल, द्धितिय हुनेले रु १५ हजार र मेडल साथै सेमिफाइनलमा पुग्नेले रु ५ हजार पाउने छन भने बिभिन्न बिधाका उत्कृष्ट खेलाईहरुलाई पनि उचित पुरस्कारको ब्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०१ बजे