१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

विश्वकपमा छनौट हुने जर्मनीको सम्भावना बलियो, लगातार सातौं जित



१७ भदौ ।
विश्व विजेता जर्मनीले विश्वकप फुटबलमा छनौट हुने सम्भाव बलियो बनाएको छ । रुस विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।
युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ म रहेको जर्मनीले चेक गणतन्त्रलाई हराउँदै छनौट चरणमा लगातार सातौं जित दर्ता गरेको हो । जर्मनीको जितमा टिमो वर्नर र म्याट्स हमल्सले गोल गरे ।
चेक गणतन्त्रका लागि भ्लादिमिर डारिडाले एक गोल गरे । चौथो मिनेटमा नै वर्नरको गोलबाट जर्मनीले अग्रता लियो । तर ७८ औं मिनेटमा चेक गणतन्त्रका लागि डारिडाले बराबरी गोल फर्काए । खेलको अन्तिम तिर, ८८ औं मिनेटमा हमल्सले गोल गर्दै जर्मनीलाई जित दिलाए । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानम छ ।
राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन अयरल्याण्डको छनौट हुने सम्भावना पनि बढेको छ । नर्दन आयरल्याण्डको जितमा जोश मेगानिसले ७० र ७५ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ७८ औं मिनेटमा स्टिभन डेविसले पेनाल्टी मार्फत गोल गरेपछि आयरल्याण्ड ३–० ले विजयी भयो । सात खेलबाट १६ अंकसहित नर्दन आयरल्याण्ड दोस्रो स्थानमा छ । समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ५७ बजे