१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कैलालीका केरा कृषक भन्छन, बीउ किन्दा समेत घुस खुवाउनु पर्छ ! राज्य कहाँ छ ?



धनराज कटेल, कैलाली, १७ भाद्र ।
कृषि क्षेत्रमा विभिन्न नाममा राज्यले ठूलो लगानी गरेको छ । त्यस मध्येमा केरा खेति पनि एक रहेको छ । आधुनिक प्रविधिको प्रयोग गर्न नसक्दा कैलाली टीकापुरका एक केरा कृषकको सोचेजस्तो प्रतिफल त प्राप्त भएन नै, एउटा केराको बीउ ल्याउँदासम्म भन्सारमा मोटो रकम घुस खुवाउनुपर्ने अवस्थाका कारण पीडित बनेका छन् ।

यतिबेला कैलालीको टीकापुरका केरा कृषक आफ्नै मिहिनेतबाट नयाँ–नयाँ प्रविधि र राम्रो प्रतिफल दिने केराको बीउ खोजिरहेका छन् । राज्य संयन्त्र सहयोगी नबन्दा दुःख व्यहोर्नुपरेको कृषकको गुनासो छ ।
कैलाली, टीकापुर केरा उत्पादनका दृष्टिले निकै महत्वपुर्ण मानिदै आएको छ । तर सयौं बिघा जमिनमा केराखेती गरिएको यहाँ राज्यले भने खासै सहयोग नगरेको टीकापुरमा केरा खेति गरिरहेका कृषकहरुको गुनासो छ ।

३० वर्षदेखि टीकापुरमा केराखेती गरिरहेका कृषक रामबहादुर कुँवर पछिल्ला नयाँ प्रविधिबाट खेती गर्न सके ५० प्रतिशत बढी नाफा हुने बताए । आफ्नै लगानीमा नयाँ तथ्य पत्ता लगाइ नयाँ केराको बीउ ल्याएर थोपा सिँचाइ मार्फत केराखेती गरिरहेका कुँवर केराको बीउ ल्याउँदा पनि भन्सारमा घुस खुवाउनु परेको गुनासो गरेका छन् ।

थोपा सिँचाइ प्रविधि र जी नाइन केरालाई राज्यले स्वीकृति दिए केरा खेतीतर्फ कृषकको थप आकर्षण बढ्ने उनको विश्वास लिएको छ । नयाँ प्रविधिबाट केराखेती गरे परम्परागत भन्दा थोपा सिँचाइ प्रणालीबाट केराखेती गर्दा झन्डै ७० प्रतिशत लागत कम हुने केरा कृषकहरुको भनाइ छ । तर नयाँ प्रविधि महङ्गगो भएकाले सबैले आधुनि प्रविधिबाट केरा खेति र सिचाई गर्न नसकिने युवा केरा व्यवसाहि टेकेन्द्र धामिले बताए ।

यो प्रविधिबाट केराको टिस्यू कल्चरलाई एउटा बिरुवादेखि अर्कोको दूरी ४ फिट कायम गरी मेसिनबाटै केराखेती गर्न सकिन्छ । यो प्रविधिमा केराको हरेक बोटमा पाइपमार्फत फर्टिकल्चर र पानी हालिन्छ । तर केरा व्यवसायि धामि नेपालमा भित्रिएको एक वर्ष पनि नभएको यस प्रविधिबाट खेती गर्दा ५० प्रतिशतभन्दा बढी लागत कम हुने भएपनि सुरु मा केरा खेति तर्फ लागेका किसान ले प्रयोग गर्न नसक्ने उनले बताए छन् ।

यदि राज्यले केरा किसानलाई आवश्यक प्रविधि सहजै उपलब्ध गराएर भारतिय केरा भन्दा नेपालमा उत्पादित केरालाई प्राथमिकता दिने हो भने कैलालीको टीकापुर केरा खेतिका उचित गन्तब्य बन्ने निश्चित छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : ४४ बजे