१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नेपाल विद्यार्थी संघ कपिलवस्तु बाढी पिडीतलाई सहयोग गर्न महोत्तरी



कपिलवस्तु, १८ भदौ ।
नेबिसंघले महोत्तरी स्थित अमरपुरा गाउँपालिकमा रहेको मुसहर बस्ती बर्दिया र बन्चौरीका बाढी पीडीतहरुलाई राहत बाडेको छ ।
शनिवार ढाई सय बाढी पीडीतहरुलाई खाद्यान्न लत्ताकपडाहरु बाडिएको नेबिसंघका सह महामन्त्री प्रकाश घिमिरेले बताउनुभयो । यस्तै त्यहा रहेका बालबालिकाहरुलाई शैक्षिक समाग्रीहरु समेत बितरण गरिएको थियो ।
नेबिसंघका केन्द्रिय सभापति नयन सिंह महर, महामन्त्री सरोज थापा सह महामन्त्री घिमिरे, कपिलवस्तु सभापति राकेश पाण्डेय लगायतको टोलीले बाढी पीडीतहरुलाई राहत प्रदान गरेका थिए ।
पीडीत परिवारलाई चामल, दाल, नुन, तेल कपडा मसला, आलु भुजा लगायतका सामाग्री दिईएको थियो । राहत बितरणका लागि नेबिसंघ कपिलवस्तुले २ लाख र केन्द्रिय समितिले ३ लाख बरावरको राहत सामाग्री संकलन गरेको थियो ।
सो अवसरमा संघका सभापति महरले नेबिसंघले बाढी पीडीतको लागि महलम लगाउने काम मात्र गरेको बताउनुभयो । उहाले बाढीपीडीत हरुलाई थप सहयोगका लागि पहल गर्ने बताउनु भयो । घर घरमा नै राहत पाए पछि मुसहरहरु खुशी बनेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ४४ बजे