१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पर्साका सबै स्थानीय तहमा एमालेका उम्मेदवार घोषणा



 

१८ भदौ, बीरगन्ज ।
नेकपा एमाले पर्साले बीरगन्ज महानगरपालिकासहित जिल्लाका सबै १४ वटै स्थानीय तहका उम्मेदवारको नाम आइतवार घोषणा गरेको छ ।

शनिवार पार्टीको स्थायी कमिटीको बैठकले बीरगन्ज महानगर पालिकाको मेयरमा बसुरुदिन अन्सारी र उपमेयरमा सोफिया आचार्यको निर्णय गरे लगत्तै जिल्लाका ३ नगर र १० गाउँपालिकाका उम्मेदवार पनि तय गरिएका अध्यक्ष प्रभु हजराले बताउनुभयो ।

एमालेले पोखरिया नगरपालिकाको मेयरमा बृजेश चौहान र उपमेयरमा मीनादेबी , बहुदरमाई नगरपालिकाको मेयरमा प्रमोदप्रसाद कुशबाहा र उपमेयरमा सरस्वती देबी साह, पर्सागढी नगरपालिकाको मेयरमा हृदय नारायण साह र उपमेयरमा सरस्वती भट्टराई उम्मेदवार तोकेको छ ।

यसैगरी गाउँपालिकाहरुको अध्यक्षहरुमा ठोरीमा लालबहादुर श्रेष्ठ , जिराभबानीमा रामप्रीत महतो थारु, धोबनीमा इस्लाम मिया तेली, छिपहरमाइमा रन्जित गुप्ताको नाम टुंगो लागेको छ ।

जगरनाथपुरमा बसुदेब राम, पटेर्बा सुगौलीमा हरि नारायण चौधरी, सखुबा प्रसौनीमा निरराज गिरि,पकाहा मैनपुरमा मदन पासवान, कालिकामा कृष्ण मोहन तिबारी र बिन्दबासनीमा गौरीशंकर साह उम्मेदवार भएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  ७ : ४३ बजे