६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

विद्यमान खानेपानी निती परिबर्तन गर्नुपर्छ – राज्यमन्त्री रज्जाक



रुपन्देहि, १९ भाद्र ।
खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले स्वच्छ र सफा खानेपानी सवैलाई उपलब्ध गराउन खानेपानीमा सरकारले गर्ने लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
हाल अधिकांश खानेपानी आयोजनाहरु जनसहभागीतामा हुने गरेकोमा त्यसमा सरकारको तर्फबाट लगानी कम हुने गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आईतवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राज्यमन्त्री रज्जाकले खानेपानी आयोजनामा सरकारले ४० प्रतिसत र बाँकी जनता तथा दातृनिकायको सहयोग रहेकोमा यसलाई पुनरावलोकन गरीनु पर्ने बताउनुभएको हो ।

हिमाल–पहाड–तराई सवै क्षेत्रमा धनी र गरीव बिच खाडल रहेको र एउटै प्रकारको सहभागीताको कार्यक्रम लागु हुदा प्रभावकारी हुन नसकेको उहाँको ठहर थियो ।

यस्तो समस्याको समाधान गरी खानेपानीको बिस्तार गर्न पहीला सरकारले लगानी बढाउने र दोस्रोमा जनताको जिवनस्तर र आयआर्जनको अध्यन गरी योजना निर्धारण तर्फ आफु लागेको उहाँले बताउनुभयो ।

जिल्लाका सहरी तथा मुख्य सडक आसपासका क्षेत्रमा खानेपानीको तुलनात्मक रुपमा सुविधा रहेपनि ग्रामीण क्षेत्रमा समस्या रहेको उहाँले बताउनुभयो । रुपन्देहीका ग्रामीण क्षेत्रमा समेत खानेपानी सुविधा विस्तारकालागी आफुले पहल गर्ने बताउनुभयो ।

यो बर्ष बजेट आईसकेको र पुरक बजेट समेत नआउने हुदा आफुले चाहेअनुसारका योजना जिल्लामा भित्राउन नसकिए पनि चालुअवस्थामा रहेका आयोजना सम्पन्न गर्न र नितीगत सुधार पहीलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  १ : ४६ बजे