१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेविसंघ र अनेरास्ववियु गुल्मीको सम्मेलन असोज पहिलो हप्ता



गुल्मी, १९ भदौ ।
गुल्मी जिल्लाका दुई प्रमुख विद्यार्थी संगठनहरुको जिल्ला सम्मेलन असोजको पहिलो हप्ता हुने भएको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं जिल्ला अधिबेशन असोज ३ र ४ गते हुने छ भने एमाले निकट अनेरास्ववियुको २३ औं जिल्ला सम्मेलन ४ र ५ गते हुने भएको छ । सम्मेलन तथा अधिबेशनको दुवै संगठनले तयारी तीव्र पारेका छन् ।

सम्मेलनका लागि अनेरास्ववियुले जिल्ला संयोजक राजेन्द्र बिक्रम कुँवरको संयोजकत्वमा ३३ सदस्य रहेको आयोजक मुल समिति गठन गरेको छ । साथै अन्य विभिन्न उपसमितिहरु गठन गरी तयारी गरिरहेको अनेरास्ववियुले जनाएको छ ।

नेविसंघले पनि अबिधेशन भव्य रुपमा सम्पन्न गर्न तयारीलाई तीब्र पारिएको संगठनका कार्यबहाक अध्यक्ष झबिन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
नेविसंघले भदौ आइतबारसम्म जिल्लामा रहेका सम्पूर्ण मावि र क्याम्पसमा इकाई अधिबेशन सम्पन्न गरेको छ ।

यही भदौ २६ गते क्षेत्र नं १ मा २८ गते क्षेत्र नं २ मा र ३० गते क्षेत्र नं ३ मा क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने निर्णय भएको संगठनका कार्यबहाक अध्यक्ष पाण्डेयले बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  १ : ५३ बजे