१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा हरियो तरकारीको मुल्य आकाशियो



कपिलवस्तु, १९ भदौ ।
साउन अन्तिम सातादेखी लगातार बर्षा भएकाले कपिलवस्तुमा हरियो तरकारीको मुल्य आकाशिएको छ ।
साउनमा प्रर्याप्त वर्षा भएका कारण किसानले लगाएको सयौं हेक्टर जमिनमा लगाएको तरकारी नष्ट हुँदा तरकारीको भाउ आकाशिएको हो ।
यतिवेला कपिलवस्तुका बजारमा सवैभन्दा महगों टमाटर एकसय देखी डेढसय प्रतिकेजी छ भने धनिया २ सय, बोडी प्रतिकेजी ५०, तोराय ५० सिमला खुर्सानी १ सय प्रतिकेजी लगायत छन् ।
तरकारी व्यवसायीले लगातार साउनमा वर्षा भएको र नयाँ तरकारी उत्पादन हुने सिजन बांकी रहेकाले तरकारीको भाउ बढेको धनकौलीका किसान चिन्का केवट बताउनुहुन्छ ।
कपिलवस्तुका हाटबजारमा मात्र दैनिक १ करोड देखी ५ करोड बराबरको तरकारीको कारोवार हुने गर्दछ ।
यहाँ उत्पादित तरकारी जिल्लाका अतिरिक्त अर्घाखाँची, पोखरा, बुटवल लगायतका बजारमा विक्रिका लागी व्यापारीले लग्ने गर्दछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : ०८ बजे