११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

भिम रावल कड्किए, सरकारलाई संसदको यस्तो रुलिङ !



काठमाडौं, १९ भदौ ।
सभामुख ओनसरी घर्तीले निर्वाचन आचारसंहिता उल्लंघन र भारत भ्रमणबारे संसदलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।
सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी एमालेले सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाएपछि सभामुख घर्तीले त्यसबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको हो ।
एमालेका तर्फबाट उपाध्यक्ष भीम रावलले सरकारले आचारसंहिता उल्लंघन गरेको, स्वच्छाचारी रुपमा कर्मचारी सरुवा गरेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि संसदले जानकारी गराउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगले यही १४ गतेदेखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आचारसंहिता जारी गरेको थियो ।
आयोगले आचारसंहिता लागू गरेको भन्दै उपप्रधानन्त्री विजयकुमार गच्छादार र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर विरोध गर्नुभएको छ । सरकारले चुनावलाई प्रभावित पार्ने गरी पुरानो मिति राखेर कर्मचारीको सरुवा गरेको प्रति एमालेले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ९ : ३६ बजे