१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माओबादी केन्द्र निकट वुद्धिजिवी संगठन अर्घाखाँचीमा खनाल



कपिलवस्तु, २० भदौ ।
नेपाल राष्ट्रिय वुद्धिजिवी संगठन अर्घाखाँचीको अध्यक्षमा माधव खनाल निर्वाचित हुनु भएको छ । संगठनको तेस्रो सम्मेलनले खनालको अध्यक्षतामा २५ सदस्सीय कमिटि निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा खिम प्रसाद दोमासे, जगनाथ गौतम, रमा खनाल , सचिवमा वलवहादुर रायमाझी, सहसचिवमा टोपलाल पाण्डे, कोषाध्यक्षमा सिता श्रीपाली सुनार रहनु भएको छ । त्यसै गरि अन्य सदस्यमा रहनु भएको छ ।
उक्त सम्मेलनको उद्घाटन गर्दै संगठनका ५ नं प्रदेश संयोजक द्र्रोणराज सुवेदीले जनयुद्धले निम्ताएका उपलब्धी समग्र राष्ट्रिय राजनितिमा वुद्धिजिवीहरुले निर्वाह गर्नु पर्ने भुमिकाका वारेमा जोड दिनु भएको थियो ।
साथै वुद्धिजिवीहरुले राष्ट्रिय हितको पक्षमा पनि विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने संयोजक सुवेदीले जनाउनुभयो ।
त्यसै गरि कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रवहादुर खड्का उज्जवले आसन्न स्थानिय तह निर्वाचन २०७४ मा पार्टिले व्यहोरेको परिणाम पार्टिले गरेको उपलब्धीहरु जनसमक्ष पस्किन नसकेको जिकिर गर्नु भयो ।
त्यस्तै संगठनका केन्द्रीय सदस्य रामवहादुर रायमाझीले संगठनलाई एकता वद्ध भएर अगाडि बढाउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । संगठनका संयोजक रामवहादुर रायमाझीको अध्यक्षता र माधव खनालको संचालनमा सम्मेलन गरिएको हो ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १ : ५५ बजे