१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रजिअ भुजेललाई आधिकारिक ट्रेड युनियनद्धारा स्वागत



विकास थापा, कपिलवस्तु, २२ भाद्र ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिती कपिलवस्तुले हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई स्वागत गरेको छ ।

कार्यक्रममा ट्रेड युनियनका जिल्ला अध्यक्ष खिम बहादुर जिसीले प्रजिअलाई स्वागत गर्दै कपिलबस्तु जिल्लामा निजामति सेवा बिकास र सृदृढीकरण लागि कर्मचारी प्रशासन सेवा चुस्तदुरुस्त कायम राख्नका लागि सहयोग र सल्लाह दिने प्रतिबद्धता जनाउनु भएको छ ।

सोही कायक्रममा प्र.जि अ भुजेलले आधिकारीक ट्रेड युनियनले निजामती सेवा ऐनले दिएका अधिकार प्रयोग गर्दै जिल्लामा बिभिन्न सामाजिक कार्यहरुमा लाग्न र टे«ड युनियनको हरेक कार्यमा सहयोग र सहकार्य गर्नका लागी जिल्ला प्रशासन कार्यालय र स्वयम आफु पनि तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : २६ बजे