८ असार २०८२, आइतबार | Sun Jun 22 2025

निजामती कर्मचारी दिवसको दोस्रो दिनको कार्यक्रम



अबिनाश बेल्बासे, कपिलबस्तु, २२ भाद्र ।
नीजामती सेवा दिबस २०७४ को अबसर पारी बाणगंगा नगरपालिकामा रहेका बिभिन्न सरकारी कार्यालयहरुमा बुधबार पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । मङ्लबार देखि शुरु भएको कार्यक्रम बुधबार पनि जारी रहेको हो । कार्यक्रमको दोस्रो दिन बुधबार पनि बिहानै देखि बिभिन्न कार्यक्रमहरु गरीएको हो ।

कार्यक्रम अन्तरगत बिहान पिपरा अस्पतालका बिरामिलाई फलफुल बितरण गर्नुका साथै ईलाका प्रशाशन कार्यालय पिपरा देखी ४ नं. जितपुर चोक सम्म प्रभातफेरी सम्पन्न गरिएको छ ।
आजनै रोटरी सभाहलमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आथित्यतामा मङ्गलबार बिजयी भएका बिजेताहरुलाई पुरस्कार बितरण, सेबा निबृत्त कर्मचारीलाई सम्मान, कर्मचारी सम्बन्धि रचना बाचन, निजामति कर्मचारीको बारेमा महत्व बारे जानकारी दिइएको थियो ।

यस्तो नयाँ कर्मचारीलाई स्वागत तथा सरुवा भएर अन्य जिल्लामा जाने कर्मचारीहरुलाई बिदाई समेत गरीएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले देश र जनतालाई आत्ममा राखि काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । नीजामती कर्मचारी दिवसको अवसर पारि गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उहाले औल्याउनुभयो ।

नेपाल पत्रकार महासँघ कपिलबस्तुकी उपाध्यक्ष पार्बती पाण्डेयले देशमा लोकतन्त्र आएको बर्षौ बित्दा पनि कतिपय कर्मचारिहरुको व्यवहारमा परिबर्तन नआएकाले सोचाईमा परिबर्तन ल्याउन जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ मिडटाउनका बासुदेब घिमिरेले भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका मदन भुजेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बाणगँगा कर्मचारी सँगमलाई निजामति कर्मचारीको नारा अनुसार कार्य गर्न शुझाब दिनुभयो ।

कार्यक्रमको अन्तिम दिन बिहिबार जिल्ला भरीका कर्मचारी तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयमा भेला भई जिल्ला स्तरीय कार्यक्रम गरीे कार्यक्रमको समापन गरीने कार्यक्रम रहेको ईलाका प्रशाशन कार्यालय बाणगँगाका प्रमुख विष्णु घर्तीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : ३४ बजे