१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तौलिहवा अस्पतालको अध्यक्षमा जैसवाल



इमरान, खान कपिलपस्तु २२ भाद्र ।
कपिलवस्तु तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल मनोनित हुनुभएको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट बिजय प्रकाश जैसवाल अध्यक्षमा मनोनित हुनुभएको हो ।
जैसवाललाई आदेश २०६० को दफा ३, २ (क) बमोजिम अस्पताल बिकास समिति गठन बामोजिम दुई बर्षिय कार्यकाल रहने गरि मनोनयन गरिएको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वार्ड न. ३ बर्गदी स्थानियवासी रहेका जैसवाल नेकपा माओबादी केन्द्रका नेता पनि हुनुहुन्छ ।
अध्यक्षमा मनोनित भए संगै जैसवालले अस्पतालको स्तरन्नती संगै बिरामीहरुलाई मर्का बुज्ने गरि काम गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  ७ : ५१ बजे