८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पहिलो प्राथमिकता गुण्डागर्दी नियन्त्रण : एआइजी लामा



चुरामणि अर्याल, कपिलवस्तु, २२ भदौ ।
संघीय प्रहरी ईकाइ कार्यालय तुलसीपुरका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामाले प्रदेश नम्वर ५ मा गुण्डागर्दीलाई निस्तेज पार्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निरीक्षणपछि मातहतका प्रहरीलाई निर्देशन दिदै एआईजीपी लामाले गुण्डागर्दी नियन्त्रण र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्राथमिकता बनाउनुपर्ने बताउनुभयो ।
‘भ्रष्टाचार मुक्त समाज निर्माण प्रहरीको परिकल्पना हो, त्यसैले यसमा कम्परमाइज हुदैन ’ प्रमुख लामाको भनाई छ ।
एआईजीपी लामाले मानव अधिकारमा नेपाल प्रहरी प्रतिबद्ध रहेको भन्दै कहि कतैबाट मानव अधिकारको उलघंन हुन नदिने दृृढता पनि ब्यक्त गर्नुभयो ।
लामाले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  ४ : २९ बजे