१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जेसिस चन्द्रौटा शाखाको अध्यक्षमा पौडेल



सीताराम चौधरी, कपिलवस्तु, २३ भदौ ।
कपिलवस्तुको चन्द्रौटामा पहिलो पटक शिवराज जेसिस गठन भएको छ । युवाहरुको वृहत भेलाले सरोज पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो । भेलाले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ ।

सचिवालय समितिको महासचिव विजय सापकोटा रहेका छन् । भने प्रथम उपाध्यक्षमा रामचन्द्र के.सी. र द्वितीय उपाध्यक्षमा खगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।

यसैगरी ३१ सदस्यीय कार्यसमितिमा ४ जना उपाध्यक्ष चयन गरिएको छ । उपाध्यक्षहरुमा बुद्धिसागर सापकोटा, विष्णु हमाल, खेमराज आचार्य र लेखनाथ पौडेल रहेका छन् । भने सचिवमा मधु सिग्देल र कोषाध्यक्षमा वाई.पी. पौडेललाई भेलाले सर्वसम्मत चयन गरेको बताइएको छ । अन्य सदस्यहरु रहेका छन् ।

जेसिसको विधान अनुसार १६ देखि ४० उमेर समूहका युवाहरु मात्र संस्थामा आबद्ध हुन पाउने प्रावधान रहेको छ । सोही विधानलाई टेकेर चन्द्रौटा क्षेत्रका १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु अहिले संगठित भएका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ५३ बजे