७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इंडो नेपाल विकास मंचद्धारा भारतका बरिष्ठ पत्रकार सम्मानित



इमरान, खान, कपिलवस्तु २३ भाद्र ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एक कार्यक्रम बिच भारतका बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सगीर ए खाककसारलाई इंडो नेपाल विकास मंचद्धारा सम्मानित गरिएको छ ।
सगीर ए खाककसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका खेलेकोमा सम्मानित गरेका छन । भारतको खाककसार पहिलाको दुई दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

उहाँ भारतको आकाशवाणी तथा दूरदर्शन टेलीभिजनमा काम गर्दै आउनुभएको छ । स्वतन्त्र लेख, शिक्षा क्षेत्रमा हुने विकृतीको बारेमा कडा उहाँ कडा रुपमा प्रस्तुत हुदै आउनुभएको छ ।
इंडो नेपाल विकास मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानका अनुसार मंचको कार्य भारत र नेपाल बिचको सम्बन्धलाई मजबुत बनाउनु हो । साथै सामाजिक, सांस्कृतिक, खेलकूद, साहित्य आदि क्षेत्रहरुमा उल्लेखनीय योगदान दिनेहरुलाई जुझारू तथा संघर्षशील प्रतिभाहरुको पहिचान गरि प्रोत्साहित गराउने पनि रहेको उहाले बताउनुभयो । सम्मानित कार्यक्रममा विभिन्न व्यक्तिहरुले बधाई दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ४८ बजे