४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

चारनम्बरमा व्यवसायिक रेडियो सञ्चालन



कपिलवस्तु, २३ भाद्र ।
कपिलवस्तुको चारनम्बरमा शुक्रबार देखि व्यवसायिक रेडियो हर्टविट सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक रुपमा रेडियो सञ्चालनमा आएको हो । रेडियोको शुक्रबार एक कार्यक्रमका विच नेपाली रेडियो नेटवर्कमा प्रबन्ध निर्देशक ऋषि धमलाले उद्घाटन गर्नुभएको छ ।

रेडियो उद्घाटन गर्दै पत्रकार धमलाले सञ्चार क्षेत्र खुल्लेक्रम बढे पनि जनताको विचमा टिक्ने काम निकै कम हुने गरेको बताउनुभयो । रेडियो नितान्त जनतामुखी भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरिक्षक भोजजंग शाह, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषाल लगायतको उपस्थिती रहेको थियो । रेडियो कार्यसमितिका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोका व्यवस्थापक ओमप्रकाश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा गायक विमल गैरे लगायतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०६ बजे