१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जगदिशपुर ताल क्षेत्रमा होमस्टे व्यवसाय शुरु



नारायण पाण्डे, कपिलवस्तु, २४ भाद्र ।
कपिलवस्तुमा पहिलो पटक होमस्टे व्यवसायको शुरुवात गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टे व्यवसायको शुरुवात गरेका हुन । नेपालको सबैभन्दा ठुलो मानव निर्मित र विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालका साथै तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गरि गत माघ महिना देखि होमस्टेको शुरुवात गरिएको हो ।
पर्यटकिय विकासको प्रचुर सम्भावना रहेर पनि अरु जिल्लाको तुलनामा पछाडी रहेको कपिलवस्तुमा होमस्टे व्यवसायको शुरुवात संगै पर्यटन प्रबर्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
१३ घरधुरीबाट शुरुवात गरिएको होमस्टेमा अहिले सम्म दुई सय बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेकी सचिव सरीता थारुले बताउनुभयो । होमस्टेमा क्यानडा, अमेरिका, जापान लगायत नेपालका विभिन्न क्षेत्रबाट आएको उहाँले बताउनुभयो ।
होमस्टेमा थारु जातीका लोकप्रिय खाना घोगाी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हासको छोइला पाउने गरेको होस्मटे सञ्चालक बताउँछन ।
जगदिशपुर ताल देखि भगवान गौतमबुद्धले २९ बर्ष विताएको तिलौराकोट ४ किलोमिटरको दुरीमा रहेको छ ।
जगदिशपुर तालमा चरा हेर्न विभिन्न देशका पर्यटक आउने गरेका छन । जगदिशपुर तालमा १ सय ६८ प्रजातीका चराहरु पाइने गरेका छन् । तालमा जाडो समयमा साइबेरिया, रुस, चीन, मङ्गोलिया तथा मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तान लगायत देशबाट चरा आउने गर्दछन् ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  १ : ४९ बजे