१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘मंसिरमा निर्वाचन नभए देशमा सवैधानिक संकट उत्पन्न’



पाल्पा, २४ भाद्र ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले राष्ट्रिय सभा सम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ । राष्ट्रिय सभा सम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।
प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।
तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रदेश नम्बर २ मा निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।
शान्तिपूर्ण र मर्या्दित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चार लगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  २ : ०५ बजे