२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नवप्रभात युवा क्लव ठाकुरापुरद्धारा सरसफाई , रात्री गस्ती पनि गर्ने



भाद्र २४, कपिलबस्तु ।
नव प्रभात युवा क्लवको आयोजनामा शनिबार बाणगंगा नगरपालिकाको वडा नं. ४को ठाकुरापुर टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चाडपर्व नजिकिए सगै गाउटोललाई सफा सुन्दर बनाउनको लागि यस क्षेत्रका युवाहरु सरसफाईमा जुटेका छन् ।
गत हप्ता देखि सरसफाई कार्यक्रम संचालन गर्दै आएको क्लबका अध्यक्ष मिलन चालिसेले बताउनु भयो ।
त्यसैगरी चाडपर्व नजिकीए सगैं हुन सक्ने सम्भावित घटनालाई मध्य नजर गर्दै क्लबका युवाहरुले रात्रि गस्ति अभियान समेत संचालन गरेका छन् । चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले हामी रात्रि गस्ती अभियान समेत संचालन गरेका छौ क्लबका सदस्य प्रदिप पौडेलले भन्नुभयो ।
क्लबका सबै सदस्य तथा नगबासीको सहयोगमा सरसफाई कार्यक्रम र रात्रि गस्ति अभियान संचालन गरेको सदस्य प्रशान्त आर्चायले जानकारी दिनु भयो ।
आजको सरसफाई कार्यक्रम क्लबका अध्यक्ष मिलन चालिसेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  ४ : ०८ बजे