७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिपी कोइरालाको जन्मजयन्ती आज,नेपाली कांग्रेस र भातृ संगठनले विभिन्न कार्यक्रम गर्ने



काठमाडौं, भदौ २४ ।
नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार नेपाली कांग्रेस र भातृ संगठनले कार्यक्रम गरि मनाउँदैछन् ।

नेपालका दूरदर्शी र आदर्श राजनीतिज्ञका रुपमा परिचित बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका बिपी कोइराला २०१५ सालको आम चुनावपछि प्रधानमन्त्री बन्नुभएको थियो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई नेपाली राजनितिमा उदाहरणको रुपमा लिने गरिन्छ ।
कोइराला साहित्यकारका रुपमा समेत निकै लोकप्रिय र चर्चित हुनुहन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई, बाबु, आमा र छोरा लगायत कृति लोकप्रिय छन् । बिपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  ४ : २७ बजे