१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पिसिएफको तलबि अनुदान आएन, बिद्यालय बन्द हुने अवस्था



जानु पाण्डे, कपिलवस्तु, २५ भाद्र ।
सरकारले प्रति विद्यार्थी लागत अनुदान (पिसिएफ) वापतको रकम बिद्यालयलाई उपलव्ध नभए पछि कपिलवस्तुका विद्यालय मारमा परेका छन । सो रकम नहँुदा यहाँका अधिक बिद्यालयमा शिक्षक हटाउनु पर्ने र ५० वढी बिद्यालय वन्द हुने अवस्थामा पुगेका छन । विद्यालयमा बालबालिकाको संख्याको आधारमा तलब र गैर तलवको लागी रकम प्रदान गर्ने गरेको थियो । पिसिएफ फण्ड अनुसार विद्यालयलाई तलव र गैर तलवमा खर्च गर्न पाउने गरी जिल्ला शिक्षा कार्यालय मार्फत बिद्यालयमा रकम निकाशा गने गरेको थियो ।
आ.व. ०७२÷०७३ मा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले ४१९ विद्यालय मध्ये २३१ विद्यालयलाई पिसिएफ अन्र्तगत तलवको रकम निकाशा गरेको शैक्षिक वुलेटिनमा उल्लेख गरीएको छ । नन स्यालरी तर्फ ४०९ बिद्यालयले अनुदान प्राप्त गरेका छन । स्थायी दरवन्दी र राहत दरवन्दी भएको विद्यालयमा दरवन्दी अनुसारको बिद्यार्थी संख्या घटाई आउने विद्यार्थी अनुसार पिसिएफ रकम निकासा गरीएको थियो ।
सरकारले आ.व ०७३÷०७४.मा हरेक वर्ष उपलव्ध गराउदै आएकाको पिसिएफ बापतको रकम उपलव्ध गराएको छैन । आ.व. ०७४÷७५ अन्र्तगत विद्यालय क्षेत्र विकास कार्यक्रम (क्षेत्र, जिल्ला, स्थानिय तह ) कार्यक्रम कार्यान्वयन पुस्तिकाको मस्यौदामा पिसिएफ शिर्षक उल्लेख गरएिको छ । मस्यौदाको २.१५.११.११७.६ सो फण्ड शिक्षण सिकाई सामाग्री तथा बुक कर्नर ब्यवस्थापनका लागी कक्षा १–५ रु १५०, कक्षा ६–८ र ९–१० का लागी रु २०० र कक्षा ११–१२ का लागी रु २५० प्रति विद्यार्थी भनेर उल्लेख गरीएको छ । शिक्षकलाई तलब अनुदानको लागी कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख गरीएको छैन । यदी यो मस्यौदा पारित भई लागु हुने हो भने विद्यालय संचालनका लागी स्थानिय तहबाट नया उपाय खोज्नु पर्ने देखिन्छ ।
कपिलवस्तुको सन्र्दभमा हेर्नै हो भने यहाका कतिपय विद्यालयहरु पिसिएफबाट मात्र संचालनमा आएका छन । दरवन्दी कम भएका र नभएका विद्यालय संचालनमा पिसिएफले ठुलो राहत प्रदान गरेको थियो । जिल्लामा केही बिद्यालय पिसिएफ फण्डबाट मात्र संचालन भएका थिए । बुद्धमुमि नगरपालिकामा५ बिद्यालय पिसिएफ बाट संचालन भएका छन । यहाको जानकी आधारभुत बिद्यालय र जन ज्बती आधारभुत विद्यालय बडा नं. ८, आदर्श प्रा.बि.बडा नं. ४, पिपलडाडा आधारभुत विद्यालय र भरीया आधारभुत विद्यालयबडा नं. ९ का विद्यालय पिसिएफ फण्ड नआएमा बन्द हुने अवस्थामा रहेको । “म पनी पिसिएफ दरवन्दी मा काम गरेकी छु , हाम्रो विद्यालयमा न कुनै स्रोत छ न त दरवन्दी । अव कुनै विकल्प आउनु पर्छ । विकल्प विना विद्यालय संचालन गर्ने नसकिने ।” जानकी आधारभुत विद्यालयका प्र.अ. सुमित्रा उपाध्यायले बताउनुभयो ।
त्यसै गरी महाराजगंज नगरपालिकाको झिन्कन आधारभुत विद्यालय, सिद्धार्थ आधारभुत विद्यालय, दुर्गा भबानी कन्या आधारभुत विद्यालय, रामलखन प्रावि उदयपुर, रामलखन प्रावि भलवारी र दुर्गा भवानी प्रावि उदयपुर तत्काल वन्दहुने अवस्थामा पुगेका छन । यी ६ बिद्यालय पिसिएफ बाट मात्र संचालन भएका विद्यालय हुन । यसका अलबा १४ विद्यालय पिसिएफ अनुदान नहुने भने पिसिएफ दरवन्दीका शिक्षकहरुलाई विदा गर्नु पर्ने अवस्था आउने महाराजगंज स्रोत केन्द्रका स्रोत ब्याक्ति हरीराम गुप्ताले वताउनु भयो ।मायादेवि स्रोत केन्द्रका सिहोरवा प्रावि, बलुहवा प्रावि, सराजम मुनिरा प्रा.वि., समुुसुल बलुहम प्रावि, बसिरतुल बलुम प्रावि, हरियाली प्रावि, देवेन्द्र स्मृती प्रावि, रियजुल बलुम प्रावि शिक्षक विहिन हुने छ । थप ६ विद्यालयमा शिक्षक नपुग हुने स्रोत ब्याक्ति रमेश पाण्डेले बताउनु भयो । कृष्णनगर नगरपालिकाको कालिका सामुदायिक प्रावि, आदि शक्ती प्रा.वि, शिवशक्ती प्रावि, गणेस प्रावि, लक्ष्मि प्रावि. र दामोदर प्रावि पुर्ण रुपमा प्रभावित हुने छन । अन्य ४ विद्यालयले शिक्षक हटाउनु पर्ने समस्या आउने स्रोत व्याक्ति अर्जून लोहारले वताउनु भयो । यस्तै हालत हुने हो भनेजिल्ला भरी करीव ५० भन्दा बढी बिद्यालय शिक्षक बिहिन हुन सक्ने संभावना देखिएको शिक्षा अभियन्ता शिवलाल यादवले वताउनु भयो ।
आ.व ०७२÷०७३ हामीलाई स्यालरी वापत १ लाख ८७ हजार ८ सय ३९रुपैया हाम्रो विद्यालयमा आएको थियो । जुन रकमबाट हामीले १ जना शिक्षक नियुक्ती गरेका थियौं । त्यसै गरी नन स्यालरी वापत करीव रु ७५ हजार उपलव्ध भएको थियो । जुन रकम विद्यालयको भौलिक विकासमा खर्च गरेका थियौ । आ.व. ०७३÷०७४ मा पि सि एफ बापतको रकम उपलव्ध भएको छैन । प्रत्येक वर्षको असार महिनामा पि सि एफ वापतको रकम विद्यालयको खातामा उपलव्ध हुने भए पनी गत वर्षको रकम उपलव्ध गराएको छैन । सरस्वती आधारभुत विद्यालय झुसिया बुद्धभुमी नगरपालिकाका प्रधानाध्यापक रमा खनालले वताउनुभयो ।
बुद्धभुमी नगरपालिका १० धनकौली माध्यामिक विद्यालयले पि सि एफ बाट ६ जना शिक्षक नियुक्त गरेको थियो । नेपाल सरकारको करिव २ लाख ५० हजार र बिद्यालयको आन्तरीक श्रोतबाट केही रकम थप गरी तलव खुवाउका थियौ । यस वर्ष रकम नआए पछी उनिहरुलाई तलव खुबाउने पैसा नभएको विद्यालयको प्र.अ.लक्ष्मण तिवारी बताउनु हुन्छ । विद्यालयका १० कक्षा अध्यापन गर्नका लागी कुल ११ जना शिक्षक रहेका छन । पिसिएफ रकम उपलव्ध नहुने हो भने ६ जना शिक्षकलाई फाल्नु पर्ने हुन्छ । जसका कारण शिक्षकको अभावमा बिद्यालय वन्द हुने अवस्था आउन सक्ने तिवारीले वताउनुभयो ।
पिसिएफ अनुदान अन्र्तगतको तलवी अनुदान नआउदा कपिलवस्तुको शैक्षिक अवस्थामा नकारात्मक प्रभाव आउने सम्भावना देखिन्छ । स्थानिय निकाय बा समुदायबाट कुनै विकल्प नआएमा धेरै विद्यालय बन्द हुने तथा शिक्षक अपुग हुने समस्या देखिएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  १ : ४८ बजे