१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शिक्षक संगठनको नगर कमिटीमा सुवेदी



सीताराम चौधरी, कपिलवस्तु, २५ भदौ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगरपालिकाको प्रथम नगर अधिवेशनले शिवराज सुवेदी अध्यक्ष रहेको २७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा प्रकाश अधिकारी, महिला उपाध्यक्षमा शान्ति कुमारी केसी, सचिवमा गोपाल भाट, कोषाध्यक्षमा अतिराम ओली तथा सहसचिवमा भक्ति पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले नगरपालिकाको ११ वडाबाट एकएक जना पर्ने गरी ११ जना सदस्य चयन गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगंठनका केन्द्रिय कोषाध्यक्ष विष्णु प्रसाद भण्डारीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक सधैं अग्रसर हुनुपर्ने औल्याउनुभयो । साथै उहाँले शिक्षकको पेशागत हकहितको लागि संगठित हुनुपर्ने जिकिर गर्नुभयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेपाल राष्ट्रिय शिक्षक संगठन पार्टीकै भातृ संगठन भएकाले पार्टी र संगठनबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । एमाले जिल्ला अध्यक्ष पोख्रेलले नवनिर्वाचित नगर संगठनको पूर्ण सफलताको कामना गर्दै नगरको समग्र शैक्षिक मुहार फेर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ५का प्रदेश कमिटी सदस्य क्षेत्रबहादुर खत्री, शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरी, पेशागत महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य खिमबहादुर जिसी, शिक्षक संगठनका जिल्ला अध्यक्ष जगन्नाथ मरासिनी लगायतले नव निर्वाचित नगर कमिटीले जिल्लामै नेतृत्वदायी भूमिका निभाउन सकोस् भनी शुभकाना दिएका थिए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  २ : ०२ बजे