१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा खोलामा डुबेर २ युवतीको ज्यान गयो



सावित्रा पौडेल, कपिलवस्तु, भदौ २५ ।
जिल्लाको यशोधरा गाउँपालिका वडा नं। २ का दुई जना युवतीहरुको स्थानीय खोलामा डुबेर ज्यान गएको छ । ज्यान जानेहरुमा ३३ वर्षकी इन्द्रावती यादव र १५ वर्षकी रीमा कोहार रहेको प्रहरीले जनाएको छ ।
कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर ज्यान गएको हो । खोलामा रीमा कोहार घाँस काट्दै गर्दा खसेर डुब्न थालेपछि उनलाई बचाउन खोज्दा इन्द्रावती यादवको पनि डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ५ : २६ बजे