१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तराईका जिल्ला जाने



काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न मंगलबारदेखि प्रदेश नम्बर २ का जिल्लामा जानुहुने भएको छ ।
नेपाली कांग्रेसक सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा सोमबार काठमाडौंबाट वीराटनगर हुँदै प्रदेश नम्बर २ का जिल्ला जाने र शुक्रबार वीरगञ्ज हुँदै काठमाडौं फर्किने उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
४ दिनमा ८ वटै जिल्लामा हुने चुनावी सभालाई संबोधन गर्ने तय भएपनि कुन दिन कहाँको सभालाई संबोधन गर्ने भन्ने कार्यक्रम तय भइनसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ५ : २९ बजे