१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चेतनशील प्रतिष्ठान कपिलवस्तुको प्रथम साधारण सभा



इमरान खान, कपिलवस्तु २५ भाद्र ।
कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । रास्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा बाल मा.बि. बैरियाको हलमा सम्पन्न भएको हो ।
प्रथम साधारण सभाले अशिम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा गौतम, यस्तै सचिवमा सन्दिप अर्याल र सहसचिवमा नवराज पौडेल कोषाध्यक्षमा भिमार्जुन पौडेल भएका छन । कार्यसमितिका सदस्यहरुमा राजु कुवार क्षेत्री, प्रतीज्ञा भट्टराई, सुशील भट्टराई,रचना भण्डारी, मिलन पोख्रेल, सुदन पान्डे सहित ११ जनाको नया कार्य समिति निर्वाचित हुनु भएको छ ।
उतm साधारण सभाको निर्वाचन मण्डलको संयोजक समिर शायरले गर्नु भएको थियो । अब सस्थाले लगत्तै नयाँ नयाँ कार्यक्रम ल्याउने तथा रास्ट्र निमार्णमा युवाहरूको महान भुमिका लाई अगाडि बडाउने र सस्था बाट पहिलो पटक देउसी भैलो खेली ऐम्बुलेन्स संचालनको काम र विपन्न परिवारलाई लत्ताकपडा र लागू औषधि विरुद्धको सडक नाटक र सामाजिक क्षेत्रहरुमा विभिन्न चेतना मुल्क काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ३ : ३९ बजे