१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु, २६ भाद्र ।
कपिलवस्तुमा आइतबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ फोर्स जीपले वाणगंगा १ बैरियामा ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । मृत्यु हुनेमा दाङ्ग गोबडिया ६ बस्ने ५५ वर्षीय कुजी चौधरी रहनुभएको पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

गोरुसिंगेबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख १५७१ नम्बरको फोर्स जीपले चौधरीलाई ठक्कर दिएको थियो ।

यसैबिच जिल्लाको बसन्तपुर स्थित स्थानीय नालामा २ युवतीको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीय रीमा कोहार र ३३ वर्षीय इन्द्रावती यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरुको घास काट्न गएका बेला नालामा डुबेर मृत्यु भएको हो । नाला नजिकै घास काटिरहेको १५ वर्षीय रिमा कोहार एक्कासी डुबेपछि उनलाई बचाउन जादा अर्की इन्द्रावती यादवको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १ : ४० बजे