१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महिला तथा बालबालिकाको हितको लागि कोष खडा गर्छु -मेयर थारु



सरिता थारु, कपिलवस्तु, २६ भाद्र ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले यस नगरमा महिला तथा बालबालिकाको हितको लागि कोष खडा गर्ने बताउनु भएको छ । उहाँले महिलाहरुका लागि विभिन्न किसिमका आयमुलक कार्यक्रमहरु ल्याउने योजना रहेको जनाउनुभयो । थारुले स्थानीय तहमा जनप्रतिनिधी छनौट भए पनि प्रतिनिधीहरुका लागि कार्य निर्देशिका नआउदा काम गर्न समस्या भएको बताउनुभयो ।

महिला शक्ति विकास केन्द्र नेपालले आयोजना गरेको महिला नेतृत्व विकास कार्यक्रम सम्बन्धि जानकारी मुलक एक दिवसीय अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो बताउनु भएको हो ।

त्यस्तै कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्याल विशष्ट अतिथीको आसनबाट बोल्दै नेपालको संविधान २०७२ ले महिलाका धेरै हक अधिकार सम्बोधन गरेता पनि ती सबै कानुन कार्यन्वयनमा आउन नसकेकोमा दुखेसो पोख्नु भयो ।

आफ्ना हक र अधिकारको लागि महिला आफै जागरुक हुनुपर्ने औल्याउनु भयो । उहाले महिलाहरुलाई आफ्ना समस्याहरु खुलेरै वडा कार्यालय समक्ष राख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सस्थाका सहायक कार्यक्रम अधिकृत क्रिसु गौचन र संचार अधिकृत सत्या बुढाथोकीले महिला समुह अब आफै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा राजनितीक दलका प्रतिनिधीहरु, सहकारी सस्था प्रतिनिधी, समाजसेवी लगाएत गाउका गाउमहिला समहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि महिलाहरुले महिला शक्ति विकास केन्द्रले कार्यक्रम संचालन गरेपछि आफुमा धेरै परिर्वतन आएको बताएका थिए । आगामी दिनमा महिला क्षेत्रमा यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गर्दै सस्थालाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा यमकला खत्री, लक्ष्मी गौतम, शावित्रा विक लगाएतले बोल्नु भएको थियो । सस्थाका क्षेत्रिय संयोजक जानकारी चौधरीले सस्थाले गरेका क्रियाकलापको बारेमा जानकारी दिनु भएको थियो भने कोरलिडर सावित्रा थारुले संस्था बारे जानकारी दिनुभएको थियो ।

बाणगंगा नगरपालिका ११ को वडा कार्यालयको भवनमा सम्पन्न भएको कार्यक्रम संस्थाका कोर लिडर शिवकुमारी थारुको संचालन, रिना थारुको स्वागत मन्तव्य तथा गाउ महिला संजालका अध्यक्ष सीमा थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १ : ५३ बजे