७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बन्द नाका सुचारु गर्ने प्रयास



इमरान खान, रुपन्देही, २६ भाद्र ।
रुपन्देही सम्मरीमाइ गाउँपालिका प्रमुख जीतेन्द्र नाथ शुक्लाले मर्चवार क्षेत्रमा रहेको भारत सिद्धार्थनगरको ठोठरी नाकालाई सुचारु गराउने प्रयास थाल्नुभएको छ । सोहि प्रयास स्वरुप सोमबार शुक्ला अनुगमनमा निस्किनुभएको बताइएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव प्रनभ गणेश, नेपालका सुरक्षाकर्मी, पत्रकार लगायत सोमबार रुपन्देही मर्चवार क्षेत्र अनुगमन गुर्नभएको छ । रुपन्देहीको अति नै बिकट मानिने तरैनीनाका सुचारु भएको खण्डमा बिकासको गतिविधि अगाडि बढ्ने शुक्लाको दाबि छ ।
निरीक्षणको क्रममा अध्यक्ष शुक्लाले नाका सुचारु गरिदिन भारतीय दूतावासका प्रथम सचिव प्रनभ गणेशलाई आग्रह गर्नु भएको थियो । निरीक्षणको क्रममै अध्यक्ष शुक्लाले छोटो प्रतिक्रिया दिदै सम्मरीमाइ गाउँपालिका अध्यक्ष नभई सम्पूर्ण मर्चवार क्षेत्रको प्रतिनिधि नभएकोले मर्चवारको बिकासमा आफु सक्दो सहयोग गर्ने बताउनुभयो ।
सोही कार्यक्रम भारतीय दूतावासका सचिव गशेणले नेपाल भारतको असल छिमेकी भएको बताउनुभयो । नेपाल र भारत विच रोटि र बेटिको सम्बन्ध रहेको उहाले प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १० : ५७ बजे