७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अ.ने.बि. यूनियनको अध्यक्षमा दीपनारायण



इमरान खान, काठमाडौं, २६ भाद्र ।
नयाँ ढंगले स्वाधिन, आत्मनिर्भर र उन्नत बिद्यार्थी आन्दोलन अघि बढाउन ‘‘जनमुखी बैज्ञानिक शिक्षाको निमित लडाई र आमूल सामाजिक रुपान्तरणका निम्ति पढाइ’ भन्ने मूल मन्त्र नै आजको बिद्यार्थी आन्दोलनको मूल धार भएको निष्कर्श निकाल्दै अखिल नेपाल बिद्यार्थी आन्दोलनको एकताको राष्ट्रिय सम्मेलन राजधानीमो छ ।
सम्मेलन पश्चात पत्रकार सम्मेलनमा जानकारी दिदै नवनिर्वाचित अध्यक्ष पाठकले बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका प्रस्तावहरु पारित गर्नुका साथै संगठन सञ्चालनका निम्ति संगठनको नीति, कार्यक्रम र बिधान पारित गरको बताउनुभयो ।
सम्मेलनले २५ सदस्यीय केन्द्रित समिति र ७५ सदस्यीय राष्ट्रिय परिषदको चयन गरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । सम्मेलनबाट संगठनको अध्यक्षमा दीपनारायण पाठक, उपाध्यक्षमा राजीब खरेल, महासचिवमा हरिबोल खत्री, कोषाध्यक्षमा बरुणा राणा निर्वाचित हुनुभएको छ भने केन्द्रिय सदस्यमा सन्देश भटराई, शहबाज खान, उद्धब कार्की, मनिष भटराई, जयप्रकाश चौधरी, जितनारायण अग्रहरी, बिवश पोखरेल, प्रभु चौधरी लगायत निर्वाचित भएको बताइएको छ ।
सम्मेलनबाट शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित र प्रभावकारी बनाउन र १२ कक्षादेखि माथिका हरेक तहका बिद्यार्थीहरुको हातमा सीप र मस्तिष्कमा सिर्जना हुनुपर्ने कुरामा जोड दिइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ११ : ०४ बजे