४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

माटोको ढिस्कोले पुरिदा एकै घरका दुईजना गम्भिर घाईते



कोपिला पोख्रेल, कपिलवस्तु २६ भाद्र ।
घर लिप्नका लागि माटो लिन जाँदा २ जना महिला माटोको ढिस्कोले पुरिदा पुर्ण रुपमा घाईते भएका छन । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ९ भर्तपुरका एकै घरका देउरानी जेठानी वर्ष २९ की सुशिला रासकोटी र ५० बर्षीय लालकुमारी रासकोटी घाईत भएका हुन ।
बाणगंगा नगरपालिका वडा नं ९ स्थित भर्तापुर गाँउको थिरीखोला नजिकैै सो दुर्घटना भएको हो । त्यस लगत्तै स्थानियले उद्यार गरि पाल्पा मिसन अस्पतालमा उपचारका लागि लगिएपनि पाल्पा बाट रिफर गरि थप उपचारका लागि हरियो खर्क अस्पताल पोखरा लगिएको छ ।
लालकुमारीको खुट्टा र करङ भाचिएको छ भने सुशिलाको मेरुदण्ड भाचिएको छ । सोहि परिवारको आर्थिक स्थिति अत्यन्तै दयनिय भएको हुदा यँहाका समाजसेवी, युवा लगायतले स्रोत जुटाउन बिभिन्न संगसंस्था संग अपिल गरेको समाजसेवी हरिबहादुर खनालले जानकारी दिनुभएको छ । सोही ठाउँमा दुई वर्ष अगाडि माटोको ढिस्कोले पुरिदा एक युवतीको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ११ : १२ बजे