१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियु गुल्मीको नेतृत्वका चुनाव हुने संकेत



प्रेम सुनार, गुल्मी २७ भाद्र ।
आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्यार्थी नेताहरुले देखाउन थालेका छन् ।
सम्मेलन आयोजक कमिटीका संयोजक रहेका राजेन्द्र विक्रम कुँवरले आफु सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत निर्वा्चित हुने दावि गर्नुभएको छ । तर उता भर्खर मात्रै रेसुङ्गा वहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वा्चित भएका अनेरास्ववियुका जिल्ला सदस्य श्रीराम महत पनि सो संगठनको अध्यक्ष कै दावेदार रहेको बताउँदै आउनु भएको छ ।
जिल्ला संयोजक कुँवरले सह संयोजक शोभाखर गिरी मालिका गाउँपालिका अर्जैको वडाध्यक्षमा निर्वा्चित भएको र श्रीराम महत स्ववियु सभापतिमा निर्वा्चित भएकोले यस पटक स्वत आफु सर्वसम्मत अध्यक्षमा निर्वा्चित हुने बताउनु भएको छ ।
असोज ४ गते तम्घासमा नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलनमा यी दुई विद्यार्थी नेताहरु विच महाभिडन्त हुने आकलन गरिएको छ । विगत लामो समय देखि जिल्ला नेतृत्वको दावि गर्दै आएका कुँवर खरो र स्पष्ट वक्ताका रुपमा परिचित छन् । उता श्रीराम महत पनि उस्तै क्षमतावान देखिन्छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ५० बजे