२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुका सबै तहमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागु



चुरामणि अर्याल, कपिलवस्तु, २७ भदौ ।
स्थानीय तहको निर्वाचन भएसँगै कपिलवस्तुका सबै स्थानीय तहमा बहुक्षेत्रिय पोषण कार्यक्रम लागु भएको छ । तीन बर्षअघि जिल्लाका साविक ३४ गाविसबाट सुरु गरिएको यो कार्यक्रम हाल स्थानीय तहको निर्वाचन भएपछि जिल्लाका दशवटै स्थानीय तहमा लागु भएको हो ।

सबै तहमा पोषणको अबस्था हेरेर बजेट विनियोजन गरीएको जिल्ला समन्वय समितिका सूचना अधिकृत राजन पोखे्रलले जानकारी दिनुभयो ।

यस बर्ष कपिलवस्तु, बुद्धभुमी र शिवराज नगरपालिकामा पोषण सुधारका लागि रु १७ लाख ९५ हजार बजेट बिनियोजन भएको छ ।

त्यस्तै महाराजगञ्ज नगरपालिकामा १६ लाख ८६ हजार, कृष्णनगर नगरपालिकामा १७ लाख ४० हजार, वाणगंगा नगरपालिकामा १७ लाख ९५ हजार, मायादेबी गाउँपालिकामा १५ लाख ४४ हजार, यशोधरा गाउंपालिकामा १३ लाख ९५ हजार, विजयनगरमा १४ लाख ९४ हजार र शुद्धोधन गाउंपालिकामा १५ लाख ३१ हजार बजेट विनियोजन भएको पोखे्रलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २७ भदौ २०७४ मंगलबार ००:००  ३ : ३९ बजे