२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अभिराव शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त घोषणा



इमरान खान, कपिलबस्तु २८ भाद्र ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वार्ड नं. २ साविक अभिराव गाविसलाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा गरिएको छ । ”हामी सबैको इच्छा, अनिवार्य र निःशुल्क आधारभुत शिक्षा’ भन्ने मूल अभिरावमा गत सोमबार भव्य कार्यक्रमको आयोजना गरी सिंगो गाविसलाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा गरिएको हो ।
आधारभूत तह विद्यालय उमेर ५ देखि १२ बर्षका सम्पूर्ण बालबालिका भर्ना भएको विभिन्न सूचाङ्कका आधारमा साविक अभिरावलाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं सांसद अतहर कमालले ब्यानर खोल्दै बाचन गरेर साविकको गाविस तथा मायादेवी गाउपालिका वार्ड नं. २ लाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा भएको थियो ।
मायादेवी गाउपालिका, साविक अभिराव गाविसका सम्पूर्ण विद्यालय, मदरसा, लुम्बिनी एकिकृत बिकास संस्था (लिडो) नेपाल, सेभ द चिल्ड्रेन, जिल्ला शिक्षा कार्यालयको संयुक्त पहलमा गाविसलाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा गर्न सफल भएको कार्यक्तमका अध्यक्ष तथा मायादेवी गाउपालिका वार्ड नं. २ वडा अध्यक्ष सरफुद्धिन मुसलमानले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अभिराव अर्थात मायादेवी गाउपालिका वार्ड नं. २ लाई शतप्रतिशत भर्ना तथा बालबिबाह मुक्त वार्ड घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
मायादेवी गाउपालिकाका कार्यकारी अधिकृत रामचन्द्र ढकालले साविक अभिराव हाल वडा नं. २ को शैक्षिक विकासमा कार्यालयबाट हुन सक्ने सहयोगका पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयोे । कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय निकायका प्रतिनिधी, कार्यालय प्रमुखहरु, शिक्षासंग सरोकार निकाय, पत्रकार, सुरक्षा निकाय, शिक्षक, बिद्यार्थी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । मायादेवी गाउपालिका वार्ड नं. २ वडा अध्यक्ष सरफुद्धिन मुसलमानको अध्यक्षता, सांसद अतहर कमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन मनोज श्रीवास्तवले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  ११ : ३४ बजे