१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुद्धभूमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख



चुरामणि अर्याल, कपिलवस्तु, २८ भदौ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख केशव कुमार श्रेष्ठले मंगलवार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन ।

जसमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ साथैे चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार बरावरको रकम विनियोजन गरिएको छ ।

साथै नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता नीति तथा कार्यक्रमहरु समेत नगर सभा मार्फत पारित गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेत नगरपालिकाले पारित गरेको छ ।

यसैविच शुद्धोधन गाउँपालिकाको प्रथम सभाले आर्थिक वर्ष २०७४।७५ का लागि ३९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले मंगलवार भएको प्रथम नगर सभामा ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको रकम विनियोजन गर्नु भएको हो ।

जस मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ र चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयाँ बरावरको रकम विनियोजन गरीएको अध्यक्ष खाले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  १२ : ४३ बजे