७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शुद्धोधन गाउँपालिकाको बजेट प्रस्तुत, भौतिक पुर्वाधारमा प्राथमिकता



जानु पाण्डे, कपिलवस्तु २९ भाद्र ।
कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको प्रथम गाउँ सभाले भौतीक पुर्वाधारलाई प्राथमिकता दिएको छ । हालै सम्पन्न सभाले आर्थिक वर्ष ०७४÷७५ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । सभाले आ.व. ०७४÷०७५ को लागि रु. ३९, करोड ४४,लाख ,५ सय ६६ रुपैया) को बजेट पारित भएको छ ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा चालु खर्च .६, करोड १८, लाख ७८, हजार ३ सय ९१ रुपैया, पूजीगत खर्च १८ करोड ५६ लाख ३५, हजार १ सय ७५ ,विषयगत कार्यालय तर्फ सर्सत अनुदान ९, करोड १८ लाख ८७ हजार र सामाजिक सुरक्षा भत्तामा ५,करोड ५०, लाख विनियोजन गरिएको छ ।

पूजीगत तर्फका योजनाहरुमा भौतिक पूर्वाधार तर्फ .१२ करोड ४४ लाख ४७ हजार विनियोजन गरीएको छ । आर्थिक विकास तर्फ १ करोड ९७ लाख १५ हजार, सामाजिक विकास तर्फ ९८ लाख ३० हजार, वातावरण तथा विपत व्यवस्थापन तर्फ ५५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुसासन तर्फ २ करोड ४ लाख ९६ हजार १ सय ७५ विनियोजन गरिएको छ ।

प्रथम गाउँसभाबाट विनियोजन विधेयक, आर्थिक विधेयक समेत स्वीकृत गरिएको छ । गाउँसभाबाट वडा नं.६ को बासँखोर महादेव गाउँको उत्तरतर्फ २ करोडको लागतमा पक्कीपुल निर्माण गर्ने, गाउँपालिकाबाट एम्वुलेन्स खरिद गरी संचालन गर्ने, गाउँपालिकाका मुख्य मुख्य बजार केन्द्र, सुरक्षा निकाय र वडा कार्यालयहरुमा सौर्य सडक बत्ती जडान गर्ने, आ.व.०७४÷७५ मा गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने, लगाएतका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : ०७ बजे