१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

ओदारी र गजेहडाका होटल र किराना पसल अनुगमन



मायादेवी अनलाइन, कपिलबस्तु, २९ भदौ ।
चाडपर्व नजिकिए संगै बाणगँगा नगरपालिका क्षेत्रमा बजार अनुगमन गर्न थालिएको छ । जीतपुर –चार नम्बर तौलिहवा सडकखण्ड अन्तर्रगत पर्ने गजेहडा र ओदारी बजार क्षेत्रका किराना पसल र होटलहरुको अनुगमन गरीएको छ ।
ईलाका प्रशासन कार्यालय वाणगंगाको सक्रियतामा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटलहरुले सरसफाईमा ध्यान नदिएको पाईएको छ । त्यसैले ग्राहकहरुको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै अनुगमन टोलीले सरसफाईमा ध्यान दिन सचेत गराएको छ ।
अर्को पटक अनुगमन गर्दा पनि यस्तै गल्ति भेटिए प्रचलित कानुन अनुसार कार्रबाहि गर्ने अनुगमन टोलीको चेतावनी छ ।
यस्तै अनुगमन टोलीले किराना पसलहरुको पनि अनुगमन गरेको थियो । अनुगमनमा पसलहरुले मुल्य सुची नराखि बेच्ने गरेको पाईएको छ ।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय वाणगंगाका नायब शुब्बा खडानन्द घिमिरे, ईलाका प्रहरी कार्यालय पिपराका सहायक प्रहरी निरिक्षक दिपक पुरी, बुद्धआवाज टेलीभिजनका प्रतिनिधी अविनाश बेल्वासे लगायत हुनुहुन्थ्यो ।
अघि पछि बजार अनुगमनमा ध्यान नदिने प्रशासनले चाडपर्व नजिकिए संगै अनुगमनमा ध्यान दिने गरेको सर्वसाधारणको गुनासो हुने गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : १२ बजे