१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चोरी रोक्न सरोकारवाला प्रतिवद्ध



पार्वती पाण्डे, कपिलवस्तु २९ भदौ ।
प्राकृतिक श्रोत साधनको सही उपयोग र चोरी रोक्नका लागि सरोकारवाला प्रतिवद्ध बनेका छन् ।
बाणगंगा नगरपालिकाको सक्रियतामा नगरपालिकाको कार्यालयमा सम्पन्न सरोकारवालाहरु बीचको वैठकले नदीजन्य, वनजन्य तथा अन्य प्राकृतिक श्रोत साधनको सही उपभोग र संरक्षण प्रति प्रतिवद्धता जनाएका हुन ।
यसरी प्रतिवद्धा जनाउनेमा बाणगंगा नगरपालिका, ईलाका प्रशासन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरीवल, सेक्टर बन कार्यालय रहेका छन् ।
प्रतिवद्धतामा नदीजन्य, वनजन्य वस्तुको चोरी निकासी रोक्ने कार्यलाई उच्च महत्व दिइएको छ ।
उनीहरु बीच एक आपसमा सुचना आद्रान प्रदान, संयुक्त अनुगमन संयन्त्र निर्माण गर्ने जस्ता निर्णयमा सरोकारवाला प्रतिवद्ध रहेको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनु भयो ।
गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई कडा कारवाही गर्न , गराउन सबै दृढतापूर्वक लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : २९ बजे