१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओली बाहेक सबै शीर्ष नेता तराईमा



काठमाडौं, २९ भदौ ।
प्रदेश नम्बर २ का सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत दलका शीर्ष नेता २ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा सहभागी भइरहेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुलाई २ नम्बर प्रदेशमा खटाएको छ । ठूला सभा नभएको भन्दै अध्यक्ष ओली भने तराई जानुभएको छैन ।
शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले सबै दलका नेता बिहीबार र शुक्रबार दिउँसोसम्म ठाउँठाउँका सभामा सहभागी हुने भएका उज्यालो सहकर्मीहरुले जनाएका छन् । मौन अवधि शुरु भएपछि चुनावी प्रचार प्रसार लगायत गतिविधि गर्न पाईंदैन ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : ३० बजे