११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कांग्रेसका शीर्ष नेताले सर्लाही र रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै



काठमाडौं, २९ भदौ ।
नेपाली कांग्रेसका शीर्ष नेताले बिहीबार सर्लाही र रौतहटमा चुनावी सभालाई संबोधन गर्दैछन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत केन्द्रीय नेताले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै उहाँहरुले बेलुका ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताकोको टोली शुक्रबार हुने सभालाई संबोधन तथा नेता कार्यकर्तासँग छलफल र भेटघाटका लागि बिहीबार नै वीरगञ्ज जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : ३२ बजे