१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

देशको आर्थिक समृद्धि अबको मुख्य कार्यभार–सभामुख घर्ति



भुपाल थापा, कपिलवस्तु, २९ भाद्र ।
सभामुख ओनसरी घर्तिले संबिधान कार्यान्वयनका संगै अव देशको आर्थिक समृद्धि नै मुख्य कार्यभार रहेको बताउनुभएको छ । दोस्रो संबिधानसभाबाट संबिधान निर्माण पश्चात सम्पन्न भएका पहिलो र दोस्रोे चरणको स्थानीय तहको निर्वाचनले अधिक मात्रामा कार्यान्वयनको मार्ग प्रशस्त गरेको उहाले बताउनुभयो ।

‘शान्तीका अग्रदुत’ भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजधानी प्राचीन कपिलवस्तुको बिहिबार दिउसो अवलोकन गर्दै सभामुख घर्तिले जनताको म्यान्डेट बमोजिम संबिधान निर्माण गरि सोहि संबिधानलाई कार्यान्वयन गर्न अहिले चरणबद्ध रुपमा स्थानीय तहको चुनाव भइरहेको बताउनुभयो ।

मंसिर १० र २१ गतेका लागी तय गरिएको प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने निश्चित भएसंगै राजनैतिक स्थायित्व भएको उहाको भनाइ थियो । सभामुख घर्तिले संबिधान कार्यान्वयनका लागी सबै चरणको चुनाव सम्पन्न हुनुपर्ने बताउनुभयो । सरकारको स्थायीत्व भएमा मात्र देशको बिकास हुनेमा बिश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो ।

अवलोकन पश्चात पत्रकारसंगको संक्षिप्त कुराकानीमा सभामुखले पर्यटन गुरुयोजना मार्फत कपिलबस्तुको पहिचानका लागी काम गर्नुपर्नेमा जोड दिनुभयो । कपिलबस्तुमा रहेका पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा सरकारको बिशेष ध्यान रहेको बताउनुभयो । राज्यले तयार पारेको गुरुयोजनालाई ब्यबस्थित गराएर संसारको ध्यान तान्ने वातावरण तयार पार्नुपर्नेमा सभामुखको जोड छ । सभामुख घर्तिले भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमिद्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  २ : ४८ बजे