१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मायादेवी गाउँपालिकामा ४१ करोडको वजेट विनियोजन



भुपाल थापा, कपिलबस्तु, २९ भाद्र ।
कपिलबस्तुको मायादेवी गाउँपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को नीति, कार्यक्रम र बजेटसहित पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४÷०७५ का लागी रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीका अनुसार कुल बिनियोजन मध्ये चालुतर्फ रु २० करोड ६० लाख २१ हजार ३ सय रुपैया अर्थात ५०.४५ प्रतिशत र पूँजीगततर्फ रु २० करोड २३ लाख ५७ हजार ५५० अर्थात् ४९.५५ प्रतिशत रहेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, पशु, कृषि प्रवद्र्धनात्मक कार्यक्रम, भौतिक पूर्वाधार बिकास, संस्थागत सहयोग तथा क्षमता बिकास, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण संवद्र्धन, पुजिगत तथा निरन्तर योजना भुक्तानी र सामाजिक सुरक्षा क्षेत्रमा चालु र पुजिगत बजेट प्रस्तुत गरिएको हो ।

गाउपालिका स्थित छत्रपाली तिर्थदेवी उच्च माबिको कार्यालयमा आज भएको गाउँसभाबाट पारित नयाँ प्रस्तावित निति तथा कार्यक्रमवाट मायादेवी गाउपालिकामा साना सिंचाइको लागी नयां बोरिङ जडान कार्यलाई प्रोत्साहित गरिएको छ ।

निति तथा कार्यक्रम मार्फत गाउँपालिका भित्रका सार्वजनिक जग्गा, ताल तलैया, पोखरी, नदी नाला, आदिको लगत तयार गरि सोही बमोजिम ठेक्का बन्दोबस्त गरिने लगिने, लघु उद्यमीशीलता प्रवद्र्धन गर्ने, बिपद ब्यबस्थापन कोषको स्थापना गर्ने, सबै वडाका स्वास्थ्य संस्थामा बर्थिङ सेण्टर स्थापना गर्ने, घरमा हुने प्रशुतीलाई शुन्यमा पुर्याउने लक्ष्य राखी महिला स्वयम्सेविकालाई कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रदान गरि अभियान संचालन गर्ने, २३ वटा नमुना बाल बिकास केन्द्र बनाउनका लागी बजेट ब्यबस्था गर्ने, मुख्य बजार केन्द्र तथा घनाबस्तीको चोकमा सौर्य उर्जा कार्यलाई प्रवद्र्धन गर्नका लागी सोलार सडक बत्तीको ब्यबस्था गरिने लगाएतका योजना अगाडि सारेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गीता तिवारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सांसद अतहर कमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रजिअ मदन भुजेल, पुर्व सांसद रामलौटन तिवारी, जिल्ला समन्वय समितीका सभापति नारायण खनाल, गाउपालिकाका कार्यकारी अधिकृत रामचन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी चौधरीको अध्यक्षतामा भएको सभाको संचालन नन्द किशोर पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  २ : ५१ बजे