१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



चुरामणि अर्याल, कपिलवस्तु,३० भदौ ।
कपिलवस्तुमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा विहिवार एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गको बुद्धभुमि नगरपालिका वडा न.२ बडहरामा पुर्व बाट पश्चिम जादै गरेको लु.२ख.११३१ नम्बरको टिप्परले विपरीत दिशाबाट आउदै गरेको लु.२० प ८६०६ न.मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवहडिया ८ वस्ने वर्ष ३८ का भक्ती चौधरीको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गंभिर घाईते भएका चौधरीको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा विहविार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिँङेका प्रहरी नायव निरिक्षक थमन थत्रीले जानकारी दिनुभयो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  ११ : १५ बजे