७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्क विहिन



रोल्पा, ३० भदौ ।
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्क्विहीन रहनुभएको छ ।
थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले सम्पर्क्विहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
सदरमुकाम लिवाङबाट आफ्नै नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
थवाङ गाउँपालिकाको भदौ ३१ गते हुने प्रथम गाउँसभा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको हँुदा सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने बताइएको छ । रासस

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  ११ : २४ बजे