८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शहिद परिवार समाज भन्छ, राज्यले सकेको संरक्षण गर्नुपर्छ



चन्द्रौटा, कपिलवस्तु, ३० भदौ ।
शहिद परिवारलाई संरक्षण आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा आयोजित जनक्रान्ति वेपत्ता योद्धा परिवार समाजको ५ नम्वर प्रदेशको सयुक्त भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले शहिदहरु संरक्षणको पर्खाइमा रहेकोमा वताए ।
शहिदहरुले देश र जनताको लागि वलिदान दिएको भएपनि उचित संरक्षण नभएको गुनासो गरेका छन ।सरकारले शहिदको संरक्षणको प्रयास गरेको भएपनि त्यो संरक्षण सवै शहिदहरुमा पुग्न नसकेको वताए । देश र जनताको लागि अग्रसर वन्दा कतिपय घाइते,अपांग भएपनि उनिहरुलाई सरक्षण नगरेकोमा आपत्ति जनाइएको छ । चन्द्रौटाको होटल ग्यालेक्सीमा भएको उक्त भेलामा विभिन्न जिल्लाका शहिद परिवारहरुले जिल्लाको अवस्था लगाएतको रिपोटिङ गरेका थिए ।
कपिलवस्तु जिल्लाको तर्फवाट वोल्दै गिता भण्डारीले जिल्लामा १ सय १६ जना शहिद,५ जना वेपत्ता,१ जना घाईते भएको वताउनुभएको छ ।दाङ जिल्लामा ३५० जना शहिद, ५५ जना वेपत्ता रहेको पाइएको छ। रोल्पा जिल्लामा प्रदेशकै सवैभन्दा धेरै ७ सय ७० जना शहिद,३० जना वेपत्ता रहेको देउकला घर्तिले प्रस्तुत गरेको रिपोर्टिङमा उल्लेख गरिएको छ ।त्यस्तै प्युठान जिल्लामा ८४ जना शहिद र ९ जना वेपत्ता भएका थिए । नवलपरासी जिल्लामा ३० जना शहिद ५ जना वेपत्ता भएको धर्व खनालले वताउनुभयो ।रुपन्देहि जिल्लामा ७० जना शहिद भएका थिए ।
कार्यक्रममा वोल्दै शहिद परिवार समाजका केन्द्रिय अध्यक्ष जयपुरी घर्तिले शहिदहरुको लागि आफुले केन्द्र स्तरमै छलफल गरेको र केहि सहयोग गरेको वताउनुभयो । कतिपयले आफ्ना छोराछारी तथा आमावुवा नै गुमाएको अवस्थामा निकै गाह्रो भएको कुरालाई स्मरण गर्दै प्राथमिकतामा राखेको वताउनु भयो । शहिदहरुलाई शिक्षा रोजगार लगाएत ठाउमा स्थान दिनुपर्ने शहिद परिवार प्रदेश इनचार्ज दामा शर्माले वताउनुभयो ।
शहिद परिवार समाज प्रदेश न ५ का इन्चार्ज दामा शर्माको अध्यक्षता शहिद परिवार समाजका केन्द्रिय अध्यक्ष जयपुरी घर्तिको प्रमुख आतिथ्यता,नेकपा माओवादि केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल(वलदेव), पोलिटव्युरो सदस्य गिरीधारीलाल न्यौपाने लगाएतले सम्वोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  ११ : ३८ बजे