१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मालपोत अधिकृत शर्मा माथि भएको कुटपिट प्रति आधिकारिक ट्रेड युनियनको ध्यानाकर्षण



कपिलवस्तु, ३० भाद्र ।
कार्यालय समय सकिएर घर फर्कदै गर्दा जिल्ला मालपोत कार्यालयका प्रमुख ईश्वरीप्रसाद शर्मामाथि नचिनेका मान्छेको समूहले आक्रमण गरेको छ । तौलिहवा जितपुर सडक खण्डको पचेहरा र मर्थीको बिच सडकमा नचिनेका दुई जना मान्छेको समूहले शर्मामाथि अक्रमण गरेको हो । आक्रमणबाट शर्मा घाइते हुनुभएको छ ।
कार्यालय प्रमुख शर्मालाई मोटरसाइकल चलाएकै अवस्थामा लाट्ठी प्रहार गरिएको थिये । लाट्ठी प्रहारबाट शर्माको खुट्टा चोट लागेको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टदा शर्मामाथि थप कुटपिट समेत गरेका प्रहरीले जनाएको छ ।
कार्यालय प्रमुख शर्माको हातमा चोट लागेको र अवस्था सामान्य नै रहेको प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो । घटनामा संलग्नको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
आक्रमणको निन्दा गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले आफ्नो गम्भीर ध्यानाआकर्षण भएको जनाएको छ ।
ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर जिसी र जिल्ला सचिव राजेन्द्र कुमार मिश्रले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा आक्रमणमा संलग्नको तत्काल पहिचान गरी कडा कारवाही हुनुपर्ने र राष्ट्र सेवक कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुति गरिनु पर्ने स्थानीय प्रशासनसँग माग गरिएको छ ।
यसै बिच वाणगंगा कर्मचारी संगमले पनि घटनाको घोर भत्र्सना गरेको छ । संगका अध्यक्ष विष्णु घर्ती भनभनेलीद्धारा एक विज्ञप्ति जारी गरि दोषि उपर कडा बार्रबाहि हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  १ : ४३ बजे