१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चन्द्रौटा घटना भएको १० बर्ष पुरा, पिडितद्धारा न्याय नपाएको गुनासो



मायादेवी अनलाइन, कपिलवस्तु, ३० भदौ ।
चन्द्रौटा घटना भएको १० वर्षवित्दा समेत पिडितले भने उचित राहत तथा क्षतिपुर्ति नपाएको गुनासो गर्न छाडेका छैनन् । २०६४ साल भदौ ३० गते स्थानीय अव्दुल मोहित खांको अज्ञात समुहले हत्या गरेपछि भड्किएको हिंसामा १४ जनाले चन्द्रौटामा ज्यान गुमाएका थिए भने करोडांैको धनमाल नष्ट भएको थियो ।

विगतका वर्षमा कपिलवस्तुका घटनाका पिडितको दवावको आधारमा सत्यतत्थ सहितको प्रतिवेदन तयार भएकोमा सो प्रतिवेदन सार्वजनिक नगरेकोमा कपिलवस्तु घटना पिडित संघर्ष समितिको तर्फबाट सुचनाको हक प्रयोग गरी प्रतिवेदनको जानकारी दिएकोमा सो प्रतिवेदन अक्षरश पालन हुनुपर्ने स्थानीय अधिकारकर्मि र पिडितको माग रहेको अधिवक्ता ओम प्रकाश अर्याल बताउनुहुन्छ ।

घटनाका पिडितले धार्मिक सद्भाव, आपसी भाइचारा कायम राख्दै विगतका बर्र्षबाट भदौ ३० लाई स्मरण दिनका रुपमा मनाउन थालेको घटना पिडित संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मृतक र धनसम्पती क्षति भएकाहरुलाई झन्डै २ करोड क्षतिपुर्ति वितरण गरेपनि पिडितले उचित क्षतिपुर्ति नपाएको बताएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  १ : ४९ बजे