१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलबस्तु ट्राफिक प्रहरीद्वारा ओभरलोड नियन्त्रणमा कडाई



दिपा महत, कपिलवस्तु, ३१ भदौ ।
ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले ओभरलोड गरी सामान ओसारपोसार गर्ने सवारी साधनलाई कारवार्ही गर्न थालेको छ । विगत ६, ७ महिना पहिले देखी नै ओभरलोड गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको थियो ।
तर पछिल्लो केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर, भुस तथा परालका ब्यवसायीहरुले अटेर गरि ओभरलोड गरि ओसारपसार गर्न थालेपछि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।
त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट जान नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले आफ्ना मातहतका इकाइलाई समेत कडा निर्देशन गरेको छ ।
आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि सामान राखि ल्याउने नेपाली तथा भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसींगेको हातामा राखी जरिवाना गरि छाडिने गरिएको छ ।
हालैका तीन दिन यता २० वटा भन्दा बढि सवारी साधनहरु कारवाहीमा परेका छन् । सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु दिनको समयमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने हुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यबसायीहरु र चालक समेतलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  १ : ५२ बजे