१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पूर्व गाविस अध्यक्ष तथा समाजसेवी कुँवरको शुक्रबार निधन



कपिलवस्तु, ३१ भदौ ।
साविक गजेहडाका पूर्व गाविस अध्यक्ष तथा यस क्षेत्रका समाजसेवी रुद्र बहादुर कुँवरको शुक्रबार निधन भएको छ । कुँवर विगत लामो लामो समय देखि आमशयको क्यान्सर रोगले पिडित हुनुहुन्थ्यो ।
कपिलवस्तुको वाणगगा ४ झुँगा निवासी ६८ बर्षीय कुवँरको शुक्रबार लक्ष्मणघाटमा अन्तिम दाहसंस्कार गरिएको पारिवारीक स्रोतले जनाएको छ ।
स्वर्गिय कुँवरका ६ भाई छोरा र २ छोरी रहेका छन । लामो समय कम्युनिष्ट आन्दोलनमा समर्पित हुनुभएका कुँवर पछिल्ला बर्ष अखण्ड पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।
जेष्ठ नागरिक समाज वाणगगाका अध्यक्ष समेत रहनु भएका कुुँवरको निधनले सिंगो गजेहडा स्तब्ध भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  २ : ०२ बजे