८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिनुवामा श्रीमद्भागवत तथा शैक्षिक महोत्सव हुने, सरोकारवाल विच अन्तर्रक्रिया



चुरामणि अर्याल, कपिलवस्तु, ३१ भदौ ।
विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले जिनुवामा हुन गईरहेको श्रीमद्भागवत तथा शैक्षिक महोत्सवको विषयमा शुक्रवार बृहत अन्र्तक्रिया कार्यक्रम गरीएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले यहि अशोज २५ गते देखि कात्तिक १ गते सम्म वाणगंगा–९ जिनुवाको श्री शुद्धोधन जनजीवन मा.वि.को प्राङगणमा हुन गईरहेको विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सवको विषयमा शुक्रवार बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरीएको हो ।

आधुनिक परिवर्तित समय अनुसार शिक्षामा पनि पविर्तवन आउनुपर्ने समयको मागलाई ध्यान दिदै भलवाडको मध्यविन्दुमा रहेको सामुदायिक विद्यालय यस शुद्धोधन जन जीवनमा.वि.ले आउदो शैशिक सत्र देखि नै प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले श्रीमद्भागवत तथा शैक्षिक महोत्सवको आयोजना गरेको हो ।

नजिकिदै गरेको महोत्सवको विषयमा शुक्रवार यस क्षेत्रका सरकारी कार्यालयका प्रमुख, साम्सद, जनप्रतिनिधि,राजनितिक दलका प्रमुख लगाएत बुद्धिजिविहरुको विचमा बृहत अन्र्तक्रिया कार्यक्रम गरीएको छ ।
सो अन्र्तक्रिया कार्यक्रममा मन्तब्य राख्दै सहभागिहरुले पवित्र शैक्षिक उदे्श्य राखेर सञ्चालन गर्न लागिएको महोत्सवको सफलताको शुभकामना दिदै आ–आप्mनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा विद्यालयका प्राचार्य अफाक अहमद खाँले स्वागत मन्तब्य राख्दै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्न आर्थिक अवस्था न्युन भएकाले आर्थिक स्रोत जुटाउन विद्यालयमै शैक्षिक महोत्सव अर्थात श्रीमद् भागवत महापुराणको आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो—“विद्यालयको ऋण धेरै छ ,तैपनि विद्यार्थीको माग अनुसार प्राविधिक शिक्षा लागु गर्ने सोच बनाएका छौ ,गुणस्तरीय शिक्षाका लागि सवैको सहयोग हुनेमा आशावादी छौ ।”

अन्र्तक्रिया कार्यक्रममा सांम्सद अतहर कमाल मुसलवान, वाणगंगा नगर प्रमुख मंगल प्रसाद थारु, ,वाणगंगा–९ का वडाध्यक्ष धुर्व वेल्वासे, नेपाली काग्रेशबाट टेक वहादुर शाहि, डोलकराम घिमिरे,रामजी सेन,वाणगंगा यातायत समिति अध्यक्ष विष्णु प्रसार न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम महायज्ञका अध्यक्ष दिपक थापाको अध्यक्षता, महासचिव रामप्यारी पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

महायज्ञ मुुलकार्य समितिका पदाधिकारी ,४४ बढि विभिन्न उप–समितिका संयोजक लगाएत १ सय ५० बढिको उपस्थिति रहेको सो कार्यक्रममा महायज्ञ संयोजक कुमार मधु वेल्वासेले महोत्सवको वारेमा प्रकाश पार्नु भएको थियो ।

वाचन प्रविण पंडित दिनबन्धु पोख्रेलका पिता स्व.नारायण प्रसाद पोख्रेलले यस विद्यालयमा श्रीमद् भागवत गराउने चाहाना भएपनि पुरा नभएकोले त्यो सपना पुरा गर्न उहाँका छोरा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल प्रमुख कथा वाचकको रुपमा आउनुहने भएको छ ।

सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका सङ्क्लपकर्ता धुर्वशरण बस्याल रहनुहुने आयोजकले जनाएको छ ।

शैक्षिक महोत्वसव बाट करिब २ करोड रकम संकलन हुने अपेक्षा राखिएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुभयो ।

वि.स. २०३१ सालमा स्थापना भई हाल कक्षा १२ सम्म अध्ययन भईरहेको यो विद्यालयमा हाल करिब ५ सय ५० विद्यार्थि अध्ययनरत छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७४ शनिबार ००:००  ११ : १० बजे